Media Network

त्रिभुवन विमानस्थलबाट विदेशी नागरिकलाई तेस्रो मुलुक जान लगाइएको प्रतिबन्ध हट्यो


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं। सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने गरि लगाएको प्रतिबन्ध हटाउन निर्णय गरेको छ।

२०७८ बैशाख १३ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाएको थियो। तर विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोक लाइएको थिएन।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७८ बैशाख १३ को निर्णयलाई खारेज गरेसँगै कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने भएका छन्।

कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि सरकारले उक्त निर्णय गरेको थियो। पर्यटन व्यवसायीले भने यो निर्णय खारेज गर्न माग गर्दै आएका थिए।

सोमबारको मन्त्रिपरिषद बैठकले सो निर्णय खारेज गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद