Media Network

तातोपानीलगायत उत्तरी चीनियाँ नाकाहरू आजबाट खुल्ने


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज देखी खुला हुने भएका छन् ।  भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनिया नाकाहरू पनि सोमबारदेखि खुला हुने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरूप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो  ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजबाट खुल्नेछन् ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पूर्ण रूपमा सुचारु हुन सकेका थिएनन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद