Media Network

तुँदी कन्स्ट्रक्सनले पायो नारायणीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।  सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको हो ।

नेपालमै पहिलोपटक बन्न लागेको फरक डिजाइनको उक्त पुललाई ‘सिग्नेचर ब्रिज’ का रूपमा चिनिने छ। तर, उक्त पुल वास्तविक सिग्नेचर ब्रिज नभई सिग्नेचरजस्तै हुने महाशाखाले जनाएको छ। आशयपत्रको म्याद सात दिनको हुन्छ। सात दिनभित्र तुँदी कम्पनीको नाममा कसैले उजुरी नगरे महाशाखा र निर्माण कम्पनीबीच निर्माणका लागि ठेक्का सम्झौता हुन्छ।

निर्माण कम्पनीले ठेक्का सम्झौता भएको मितिबाट चार वर्षभित्र पुल निर्माण सक्नुपर्छ। महाशाखाले ठेक्का सम्झौता गरेर डिजाइनदेखि निर्माणसम्मको सबै काम निर्माण व्यवसायीलाई दिन्छ।

तुँदी कन्स्ट्रक्सनले सम्झौता गरेको तीन महिनाभित्र पुलको डिजाइन महाशाखामा पेस गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले पेस गरेको पुलको डिजाइन महाशाखाले नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ।

‘ठेक्का सम्झौता गरेको मितिबाट पुलको डिजाइन तीन महिनाभित्र तयार गरी महाशाखामा पेस गरेर सम्झौताको एक वर्षभित्र स्वीकृत गराइसक्नुपर्ने दायित्व निर्माण कम्पनीलाई छ। 

यसरी हेर्दा २०८१ जेठबाट नारायणीमा सिग्नेचर ब्रिज निर्माण सुरु हुन्छ। नेपालमा निर्माण भएका अन्य पुलभन्दा नारायणीमा बन्न लागेको पुलको लागत पनि बढी छ। ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता हुदैछ्।

सिग्नेचर ब्रिज निर्माणका लागि पुल महाशाखाले आह्वान गरेको ठेक्का प्रक्रियामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सनको मात्र आवेदन परेको थियो। जसमध्ये प्रविधिक र आर्थिकरूपमा तुँदी उपयुक्त देखिएको महाशाखाले जनाएको छ।हाल सञ्चालनमा रहेको पुलको तल्लो भागमा सिग्नेचर पुल बनाउने योजना छ। 

नारायणीमा सिग्नेचर पुल दुई लेनको बन्ने छ। हाल सञ्चालनमा रहेको पुल पनि दुई लेन र ४ सय २० मिटर लम्बाइको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद