Media Network

दुई सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो ।    
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २० हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।                        
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद