Media Network

थामिएन नेप्सेको पहिरो : १९ अंकले घट्दा सबैजसो सुचकहरु रातै


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं। नेप्सेमा गएको पहिरोले साताको पाँचौं कारोाबार दिन पनि बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज १९ दशमलव छ अंकले घटेर दुई हजार ३७ दशमलव ८३ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौं अंकले घटेर तीन सय ९१ दशमलव ६६ अंकमा खुम्चिएको छ । नेप्सेमका आज दुई सय २३ वटा कम्पनीहरुको ३६ हजार दुई सय ६४ पटकको कारोबारमा ६२ लाख ९८ हजार छ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैंयाँ कायम भएको छ ।

आज नेप्सेमा १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन । 

आज कारोबार भएका कम्पनीहरु मध्ये हिमालयन हाईड्रो पावर कम्पनी, अपर हेवाखोला हाईड्रो पावर कम्पनी, सबैको लघुवित्त वित्तीय संस्था आदिले कमाए पनि युनिलिभर नेपाल लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमा लार्ज क्याप फण्ड आदिले भने गुमाएका छन् । शिवम सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने बढी रकमक कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद