Media Network

थापाथलीस्थित खाद्य कम्पनीमा आजदेखि खसीबोका बिक्री


खबरस्टोरी संवाददाता

३० आश्विन २०८०,मंगलवार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबार खसीबोका र च्याङ्ग्रा बिक्री खुला गर्दैछ। ​थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिहान ८ बजे बिक्री शुरु हुने छ। 

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जिउँदो खसी प्रतिकेजी ६८० रुपियाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६७० रुपैयाँमा बिक्री खुला गरेको जानकारी दिइन्। 

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले यो दशैँमा दुई हजारको सङ्ख्यामा खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्दै छ। खसीबोका खरिद गर्न आठ करोड ३६ लाख रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ।

निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनादेखि नै खसीबोका ल्याएर बिक्री शुरु गरिसकेका छन्। व्यवसायीले प्रतिकेजी ६७० देखि ६८० रुपैयाँमा बिक्री गरिरहेका छन्। यो वर्ष दशैँमा उपत्यकामा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका बिक्री हुने व्यवसायीले अनुमान गरेका छन्।

बजारमा निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गरी उपभोक्ता ठग्नसक्ने भन्दै सुपथ मूल्यमा खसीबोका बिक्री गर्छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद