Media Network

दशैंले महँगियो आन्तरिक उडान, छोटो गन्तव्यकै ५ हजार बढी


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

काठमाडौँ।अग्रिम टिकट बुकिङ्गसंगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूले टिकट भाडा पनि ह्वात्तै वृद्धि गरेका छन् । चाडपर्वको बेला घर जानका लागि धेरै यात्रुले हवाई टिकट खोज्ने र बुकिङ गर्ने भएकाले भाडा पनि पनि वृद्धि गर्ने गर्दछन् । यद्यपि, नियमित उडान भइरहेको बेला तथा सामान्य मौसम हुँदा भने टिकटको भाउ सस्तो हुने गर्दछ ।

हवाई सेवा प्रदायक कम्पनी र गन्तव्यका आधारमा टिकटको मूल्य फरक–फरक हुने गरेको छ । नेपालका हवाई सेवाप्रदक कम्पनी यति एयरलाइन्स, बुद्ध, श्री, सौर्य, लगायत सबै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि भाडा वृद्धि गरेका छन् । अघिपछि नियमित उडान भइरहेको बेला भन्दा दसैँको समयमा टिकट महँगो पर्दछ ।

काठमाडौँदेखि धनगढीको टिकट सबैभन्दा महँगो, छोटो गन्तव्यकै ५ हजार बढी 

दशैँको बेला घर जाँदा काठमाडौँदेखि धनगढीको हवाई टिकट सबैभन्दा महँगो देखिएको छ । उक्त गन्तव्यका लागि १७ हजार भन्दा बढी छ । काठमाडौँदेखि धनगढी जान न्यूनतम पनि ११ हजार रुपैयाँ छ । यद्यपि, अन्य समयमा अर्थात् नियमित उडान भइरहेका बेलामा भने ६÷७ हजार रुपैयाँ मात्रै पर्दथ्यो । 

आन्तरिक उडानमा काठमाडौँदेखि दोस्रो महँगो टिकट सुर्खेतको रहेको छ । उक्त गन्तव्यका लागि न्यूनतम ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पुगेको छ । 

यस्तै, काठमाडौँदेखि नेपालगन्जसम्मको भने न्यूनतम ६ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्म पुगेको छ । यता, काठमाडौँदेखि सबैभन्दा छोटो दुरीमा रहेको काठमाडौँ–सिमराका लागि भने साढे ४ हजारसम्म पुगेको छ । 

त्यसैगरि काठमाडौँदेखि विराटनगरको लागि १० हजार रुपैयाँ, भद्रपुरको लागि १२ हजारभन्दा बढी, जनकपुरको लागि ६ हजार, पोखराको लागि ६ हजार माथि, भैरहवाका लागि साढे ८ हजार माथि, भरतपुर ५ हजार, राजविराजका लागि साढे ८ हजार बढी पुगेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद