Media Network

धनगढी उडेको बुद्व एयरको जहाजभित्रै यात्रुले चुरोट तानेपछि


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। 

बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा कैलालीको टीकापुर घर भएका नारायण उपाध्याय यात्रुले चुरोट तानेपछि हंगामा मच्चिएको छ ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा सवार उपाध्याय जहाजको शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेपछि जहाज भित्रै कोलाहल मच्चिएको थियो । जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेका थिए ।

त्यसपछि त्यहाँ एकछिन त्यहाँ तनाव सृजना भएको थियो। जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने उपाध्यायलाई धनगढीस्थित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद