Media Network

वर्ष २०२३ उत्साहपूर्ण देखिएन, नेप्से २ प्रतिशतले बढ्यो


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौँ।सेयर बजारका लगानीकर्ताका लागि वर्ष सन् २०२३ खासै उत्साहपूर्ण देखिएन । सेयर बजार मापक सूचक नेप्से एक वर्ष अवधिमा १.९६ प्रतिशत अर्थात ३९.८७ अंकले बढेको छ । पर्यटकीय आवागमनमा उच्च सुधार हुँदा यस वर्ष होटल तथा पर्यटनमुलक क्षेत्रका कम्पनीमा लगानी खन्याएका लगानीकता यस वर्ष मालामाल भएका छन् ।
तथ्याङ्क अनुसार होटल तथा पर्यटनमुलक उपसमुहगत सूचक वर्ष सन् २०२३ मा करिब शतप्रतिशत बढ्दा ब्यापार, निर्जीवन बीमा र म्युचुअल फन्डको इन्सेक्समा भने आशातित सुधार देखिएको छ । कर्जा प्रवाहमा राष्ट्र बैंकले लिएको नीतिगत प्रभाव र मर्जर तथा प्राप्तीको वागर्नेन पर्चेजमा आयकर लाग्ने व्यवस्था जस्ता कारणले यो वर्ष बैंकिङ्ग र लघुवित्त क्षेत्र भने सुस्ताएको छ ।


सन् २०२३ को पहिलो दिन २०२९ अंकमा रहेको नेप्से अन्तिम दिनसम्म आइपुग्दा २०६८.९० बिन्दुमा कायम रह्यो । यस अवधिमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५० प्रतिशतले घटेको देखिन्छ । सर्वसाधारणमा रहेको सेयरको मात्र कारोबार मापक सेन्सेटिभ फ्लोट इन्डेक्स २.६१ प्रतिशत घटेर १२६.१० बिन्दुमा रहेको छ ।
यता पर्यटकीय गतिविभि कोभिड माहामारीबाट पुनरुत्थान हुँदै जाँदा वर्ष २०२३ मा नेपाल आउने पर्यटकहरुको सङ्ख्या १० लाखभन्दा धेरै भित्रिएका छन् । यसो हुँदा होटल तथा पर्यटनमुलक क्षेत्र चम्किएको छ । सन् २०२३ को पहिलो दिन २८७१ अंकमा रहेको यस उपसमुहगत सूचक अन्तिम दिनसम्म आइपुग्दा २८७१ अंकले बढेर ५६८३ बिन्दुमा पुगेको छ । यो ९७.९२%को वृद्धि हो ।

यसैगरी वर्ष २०२३ मा ब्यापार ४७.१० प्रतिशत बढेर २८६७ बिन्दुमा पुगेको छ । म्युचुअल फन्डको इन्डेक्स ३७.६८% प्रतिशतले बढेर १८.८९ र निर्जीवन बीमाको इन्डेक्स ३७.५९% प्रतिशतले बढेर ११ हजार ४१२ बिन्दुमा पुगेको छ । यसैगरी लगानी २५.४३% ले बढेर ७७.८३ बिन्दुमा पुगेको छ । यसैगरी उत्पादन तथा प्रशोधनमुलक इन्डेक्स १३.९६% प्रतिशतले बढेर ५९३२.८७ बिन्दुमा पुगेको छ भने जीवन बीमाको इन्डेक्स पनि १२.७८% बढेर ११ हजार ३६९ बिन्दुमा कायम भएको छ । वर्ष सन् २०२३ मा विकास बैंकको इन्डेक्स् ९.६४ प्रतिशत, जलविद्युत ५.८७ प्रतिशत, फाइनान्स ३.४१% र अन्यको ०.९६ प्रतिशतले बढेको छ ।

सन् २०२३ को सुरुवातको तुलनामा वर्षको अन्तिममा लघुवित्तको इन्डेक्स सबैभन्दा धेरै १८.१९ प्रतिशतले घटेर ३६७० बिन्दुमा झरेको छ । बैंकिङ्ग उपसमुहगत सूचक पनि १२.७३ प्रतिशतले घटेर ११९१ बिन्दुमा झरेको छ । सन् २०२३ को सुरुवातमा बैंकिङ्ग उपसमुहगत सूचक १३६५ बिन्दुमा रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद