Media Network

१३ वटा वाणिज्य बैंकको नाफा घट्यो (सूचीसहित)


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौ । हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ७ वटा वाणिज्य बैंकको नाफा मात्र बढेको छ भने १३ वटा बैंकको खुद नाफा घटेको छ।

सबैभन्दा धेरै कृषि विकास बैंकको नाफा बढेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा कृषि विकास बैंकको खुद नाफा ९७।२२ प्रतिशतले बढेको छ भने लक्ष्मी सनराइज बैंकको खुद नाफा २७।७० प्रतिशत बढेको छ ।

सर्वाधिक नाफा घट्नेको पहिलो नम्बरमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको खुद नाफा ९२।६८ प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ५२।३१ प्रतिशत तथा माछापुच्छ्रे बैंकको खुद नाफा ३६।७३ प्रतिशत घटेको छ । यस अवधिमा ९ वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद