Media Network

विदेशबाट स्वदेश फर्किदा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाईने


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुले स्वदेश फर्किदा साथमा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाउने भएको छ ।

आगामी आर्थिक बर्ष २०८०र८१ को बजेट वक्तव्यमा वैदेशिक रोजगारीमा गएकाहरुले स्वदेश फर्किदा साथमा टेलिभिजन ल्याउँदा भन्सार महशुल छुट दिने उल्लेख छ ।सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले भने, ‘आगामी आर्थिक बर्षदेखि सामाजिक सुरक्षा कोषमा आवद्ध भइ वैदेशिक रोजगामार भइ कम्तिमा १२ महिना काम गरी फर्किएका व्यक्तिले आफ्नो साथमा ल्याएको जुनसुकै आकारको टेलिभिजनमा भन्सार महशुल छुट दिइएको छ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद