Media Network

यी हुन्, घाटामा गएका १३ वटा वाणिज्य बैंक


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । १९ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणमा १३ वटा बैंक घाटामा गएका छन् । सबैभन्दा धेरै नोक्सान नेपाल इन्भेष्टमेन्ट बैंकको देखिएको छ भने लक्ष्मी बैंकको नोक्सान सबैभन्दा कम छ । लक्ष्मीले गएको आर्थिक बर्षमा १९ लाख रुपैयाँ नाक्सान व्यहोरेको छ ।

सेयरमा गरेको लगानीबाट गत आर्थिक वर्ष २०७८/७९ मा इन्भेसमेन्ट बैंकको दुई अर्ब २२ करोड रुपैयाँ डुबेको हो । सेयर बजारमा रहेको लगानीमा कागजी नाफा घाटा (फेयर भ्यालुका आधारमा नाफा नोक्सान) कति छ भनेर देखाउँदा बैंकको दुई अर्ब २२ करोड रुपैयाँ डुबेको देखिएको छ ।

बैंकले सार्वजनिक गरेको विवरणमा यति ठूलो नोक्सान देखिएको हो । आर्थिक बर्ष २०७७/७८ मा बैंकले २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकहरूले कुनै एक संस्थाको सेयर, ऋणपत्र वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, ऋणपत्र वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्ने कानुनी व्यवस्था छ ।

कुन बैंकको कति नोक्सान ? तालिकामा हेर्नुहोस् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद