Media Network

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौँ । आज पुस १८ गते बुधबार ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका ७  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आज पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने  छन्  ।
हेर्नुस् कुनको साधारणसभा कहिले ? कति दिंदैछन् लाभांशः
लक्ष्मी सनराइज बैंकः ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २६ मा साधारणसभा ।
मुक्तिनाथ विकास बैंकः ९.७५ प्रतिशत बोनस शेयर र ०.५१३२  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।
महालक्ष्मी विकास बैंकः ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।
ग्लोबल आईएमई लघुवित्त : १० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।
शिवम सिमेन्टः १४.२५  प्रतिशत बोनस शेयर र ०.७५  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २७ मा साधारणसभा ।
नेपाल टेलिकमः ४० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।
बुटवल पावर कम्पनीः ५ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद