Media Network

आफ्नै लिङ्ग काटेका युवकको सिएमसीमा शल्यक्रिया


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

चितवन । आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको छ ।हाल

उनी आफैं खाना खान सक्ने भएका छन् । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रिफर गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद