Media Network

भारतमा निर्मित कोभ्याक्सिन १२ वर्षमुनीका बालबालिकालाई लगाउन स्वीकृति


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

नयाँ दिल्ली । भारतको बायोटेक कम्पनीले बनाएको कोभिड १९ विरुद्धको कोभ्याक्सिन खोप १२ वर्षमुनीका बालबालिकालाई लगाउन सकिने भएको छ । कोभिड संक्रमण रोक्न भारतको बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानकारी दिए । 

यसअघि यो खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको हो ।

कोभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ । सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ । (एजेन्सी)


Share:
Reaction :
ताजा समाचार
खेलकुद