Media Network

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त


खबरस्टोरी संवाददाता

११ भाद्र २०८०,सोमबार

चितवन ।  भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् ।अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।

अस्पताल सञ्चालक समितिले उनीहरु मध्येबाट डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।

कार्यकारी निर्देशकमा नियुक्त डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद