Media Network

बिना स्वीकृती बनाएको संरचना हटाउन नर्भिक अस्पताललाई महानगरको २४ घण्टे अल्टिमेटम (पत्रसहित)


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेशनल हस्पिटललाई २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको छ। 

महानगरले नर्भिक हस्पिटललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएका संरचना हटाउन पत्र पठाएको हो। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले लिजमा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले नगर प्रमुखको आदेशअनुसार २४ घण्टाभित्र हटाउन सूचना जारी गरेको छ। 

२४ घण्टाभित्र नियमविपरीतका संरचना नहटाए कारबाही गरिने उल्लेख गरेको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद