Media Network

चैतभर नर्भिकले यूरोलोजी केन्द्रीत अभियान चलाउने, शनिवार निःशुल्क ओपिडी


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं।  नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत चैत महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । 

नर्भिकको यही रणनीतिअनुसार आउने शनिवार (चैत २६ गते) पनि यूरोलोजीको दुई वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार निःशुल्क ओपिडी चलाएको थियो । 

टिमले संचालन गर्ने निःशुल्क ओपिडी सेवाको समय भने सामान्य हेरफेर भएको छ । शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ ।  यूरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जीव भक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, चैत २६ गते बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । 

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । 

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान केही साताअघिदेखि पुनः सुरु भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद