Media Network

डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदैछन् । तीनदिने भ्रमणका क्रममा उनी नेपाल आउन लागेका हुन् । उनी विहीबार अपराह्न १२ः२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन् । 

महानिर्देशक टेड्रोसका साथमा डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी पनि काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

साथै उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद