Media Network

हेटौंडामा २ चिकित्सक कुटिए


खबरस्टोरी संवाददाता

२८ भाद्र २०८०,बिहीबार

काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।
बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए ।
एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रजिअ सेढाइले बताए ।
अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।
 ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद