Media Network

कास्की मोर्डनाइज्डमा आँखा शिविर सम्पन्न


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

पोखरा।पोखरा महानगरपालिका वडा नं. १४ चाउथे मा अवस्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा वार्षिक कार्यक्रम अनुसार आँखा परीक्षण शिविर सम्पन्न गरियो । 

श्री कास्की मोर्डनाइज्ड एकेडेमीले प्रत्येक वर्ष विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गरी युरिन, स्टुल, ब्लड, दन्त परीक्षण सम्बन्धी शिविर चलाउदै आएकोमा यो बर्ष पोखरा घारिपाटन स्थित हिमालयन आँखा अस्पतालको उपकरण तथा ६ जना प्राविधिक÷चिकित्सकको  सहयोग र विद्यालयको व्यवस्थापनमा जेठ २२, २३, र २४ गते ३ दिने निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको कुरा विद्यालयका सह प्राचार्य शिवलाल उपाध्यायले बताउनु भयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कतिपय आँखाका रोगहरुका बारेमा विद्यार्थीलाई पनि थाहा नहुने र अभिभावकलाई पनि ज्ञान नहुने तर यसले विद्यार्थीको सिकाइस्तरमा असर पर्ने हुँदा विद्यार्थीका लागि यस्ता स्वास्थ्य परिक्षण शिविर कार्यक्रम वर्षे पच्छे सञ्चालन गर्ने गरेको र विद्यालयले आगामी दिनहरुमा यस्ता अरु थप कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै जाने कुरा बताउनुभयो ।

तीन दिने आँखा शिविरमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै विद्यार्थी, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी लगभग १८ सय जनाले आँखा परीक्षण गराए । त्यसका साथै विद्यार्थीलाई आवश्यक सल्लाह सुझाव दिने कार्य र समस्यारत विद्यार्थीको हकमा फोन मार्फत वा भेटेर अभिभावकलाई नै खवर दिने गरेको कुरा विद्यालयमा कार्यरत स्टाफ नर्स रश्मी गुरुङ्गले बताउनुभयो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद