काठमाडौं । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्प परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तनजिकै शनिबार ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो।
जसमा अहिलेसम्म दुई हजार चार सय बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पमा परी हजारौं घाइते भएको समाचारहरूमा उल्लेख छ ।