Media Network

अस्ट्रेलियामा शक्तिशाली आँधी


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

एजेन्सी । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ ।  
क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।
लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तिमा मध्याह्नसम्म बिजुली विहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् ।
एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाव दिएका छन्‌ ।
अस्ट्रेलियाली एबिसी न्युजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अस्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद