Media Network

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल ९युनाइटेड०का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो ।यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी ९भाजपा०ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद