Media Network

भारतले आफ्ना नागरिकलाई भन्यो– आजै राजधानी किभ छोड्नू


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

एजेन्सी। किभ–भारतले आफ्ना नागरिकहरुलाई आजै ( मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।  

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’  युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद