एजेन्सी। पछिल्लो २४ घण्टामा भारतमा १०५४ कोरोना भाइरसका संक्रमित थपिएका छन्। भारतको स्वस्थ्य मन्त्रालयले जारी गरेको आंकडा अनुसार उक्त्त समयमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार २५८ बिरामी निको भएका छन् ।
भारतमा अहिले कोरोनाभाइरसका कुल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हाल सम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् भने ५ लाख २१ हजार ६८५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।