Media Network

बारुदी सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले ८९ मिलियन डलर दियो


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौँ । अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

 उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ । युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको  गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’,  अ‍ेमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद