Media Network

हमासको आक्रणमा २५० जना इजरायलीको मृत्यु


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौं । प्यालेस्टाइनको चरमपन्थी समूह हमासको आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ ।  अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।

हमासले शनिबार विहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो ।  रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ । 

हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन । 

इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् । हमासको आक्रमणमा परी इजरायलमा एक फार्ममा काम गर्ने १४ मध्ये ९ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद