Media Network

इजरायलको तेल अविवमा आक्रमण, दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । इजरायलको तेल अविवमा आक्रमण भएको छ । तेल अविवको डाइजनगाफमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त हमलामा दुई जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुई साताभित्रमा तेल अविवमा चौंथो पटक हमला गरेको हो । ब्यस्त ठाउँमा गरिएको उक्त आक्रमणमा परि घाइते नौ जनालाई अस्पतालाई पुर्याइएको छ । चार जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले समाचार लेखेका छन् । 

इजरायलको प्रहरी, सेनाको विशेष फोर्ससहित एक हजार भन्दा बढी सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाइएको छ । 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद