Media Network

जर्मन चाल्सर र युक्रेनी राष्ट्रपतिबीच फोनवार्ता


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

एजेन्सी।  युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति जेलिन्स्किीले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएका हुन् । उनले आफूले जर्मन चान्स्लरसँग फोनमा वार्ता गरेको र त्यस विषयमा युक्रेनको रक्षा र युक्रेनका लागि आर्थिक सहयोग गर्ने विषयमा कुराकानी भएको बताएका छन्।

उनिहरुका बीचमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउने विषयमा पनि कुराकानी भएको थियो । रुसले युक्रेनमाथि गरेको भौतिक हमलाले गर्दा युक्रेनको अवस्था निकै कमजोर भएको बताइएको छ । रुसको हमलाबाट युक्रेनको राजधानी किभ शहर क्षतविक्षत भएको छ । रुस र युक्रेनले यी दुई देशबीचको तनावलाई कम गर्न वार्ता गरेका छन् ।

यसको राजनीतिक समाधान खोजिने उनीहरुले बताएका छन् । विश्व समुदायले नै रुसले युक्रेनमाथि गरेको हमलाको विरोध गरिरहेको छ । रुस युक्रेन हमलाको पूर्ण समाधान भने निस्किएको छैन । अहिले आक्रमण रोकिएको छ तर दिगो समाधान हुन सकेको छैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद