Media Network

नाइजेरियामा डुंगा पल्टिँदा ४० जना बेपत्ता


खबरस्टोरी संवाददाता

१७ आश्विन २०८०,बुधबार

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको बताईएको छ ।

अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ। उत्तर(मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा डुंगाले मुसलधारे वर्षाको सामना गर्नुपरेको थियो ।पश्चिम अफ्रिकी मुलुकमा डुंगामा रहने अत्यधिक भार र खराब मौसम कारण डुंगा दुर्घटना हुने गरेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद