Media Network

निर्वाचनको तयारीमा आम आदमी पार्टीः नयाँ वेब साइट ‘आपका राम राज्य’ सञ्चालनमा


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

नयाँ दिल्ली–आसन्न लोकसभा निर्वाचनको तयारीका क्रममा राम नवमीका अवसर पारेर आम आदमी पार्टीले ‘आपका रामराज्य’ नामक वेब साइटको शुभारम्भ गरेको छ ।

भगवान रामको रामराज्यको प्रेरणाबाट भारतको दिल्ली र पञ्जाबमा राम्रो काम भएको प्रदर्शन गर्ने ध्येयले सञ्चालनमा ल्याइएको वेब साइट शुभारम्भका लागि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता सञ्जय सिंह, अतिषी, सौरभ भारद्वाज र जस्मिन शाहले सम्बोधन गरेका थिए । सांसद सञ्जय सिंहले आफ्नो पार्टीको सरकारले गत सय वर्षमा रामराज्य महसुुस हुने गरी काम गरेको जिकिर गर्दै यी उदाहरणलाई विश्वमाझ प्रस्तुत गरिएको बताए ।

सो पार्टीले जनमतका आधारमा अरविन्द केजरीवालको नेतृत्वमा दिल्ली र भगवन्त मानको नेतृत्वमा पञ्जाबमा सरकार सञ्चालन गरिरहेको छ । ‘दिल्ली एकमात्र त्यस्तो राज्य हो, जहाँ धेरै काम हुँदा हुँदै पनि नाफामूलक बजेट कार्यान्वयनमा रहेको छ । यसबाट हामी हाम्रो राम राज्यको सोचलाई कार्यान्वयन तहमा पूरा गराउन प्रतिबद्ध छौँ देखिएको छ ।’, नेता सिंहले भने, ‘जसले हाम्रो राम राज्य हेर्न चाहन्छन् । उनीहरुले यो वेभसाइट हेर्नैपर्छ । दिल्ली र पञ्जाबमा हामीले के गर्यौँ भन्ने सबै कुरा यहाँबाट पाउन सकिन्छ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद