Media Network

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख खानको उम्मेदवारी रद्द गरिदिएको छ ।

बीबीसीका अनुसार पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जामनले आफ्नो सामाजिक सञ्जाल एक्समा यसको जानकारी दिएका हुन् ।उनले लेखेका छन्, ‘लाहोर र मियान्वालीबाट इमरान खानको उम्मेदवारी पत्र पठाइएकोमा चुनाव आयोगले रद्द गरिदिएको छ । हामी आयोगको यस निर्णयविरुद्ध अदालत जान्छौं। तर, सर्वोच्च अदालतद्वारा आजीवन प्रतिबन्ध लगाइएका नवाज शरीफको उम्मेदवारी पत्र कसरी स्वीकार भयो रु अच्चम लागेको छ ।’

पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी पत्र चुनाव आयोगले शनिवार ठूलो संख्यामा खारेज गरेपछि पार्टीले त्यसको विरोध समेत गरेको छ । पाकिस्तानमा आगामी ८ फेबु्रअरीमा आम चुनाव हुन लागेको छ । जसका लागि शनिबार उम्मेदवारहरूका लागि उम्मेदवारी दिने अन्तिम दिन थियो ।

इमरान खानलाई गत ५ अगस्टमा तोशाखाना मामिलामा दोषी ठहर्याउँदै तीन वर्षको जेल सजाय सुनाइएपछि चुनाव आयोगले उनलाई ५ वर्षका लागि अयोग्य भनेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद