Media Network

रुसको चेतावनीः तेस्रो विश्वयुद्ध विनाशकारी हुनेछ


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं–रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुने चेतावनी दिएका छन्। उनले रुसले कुनै पनि हालतमा युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिइने उल्लेख गर्दै तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका हुन्।

उनले युक्रेनसँग तेस्रो विश्वयुद्धका लागि तयार भएको भन्दै युक्रेन अमेरिकामाको इशारामा चलिरहेको आरोप लगाए।यसअघि उनले युक्रेन परमाणु हतियार हासिल गर्न प्रयासरत रहेको र त्यो खतरनाक हुने भन्दै रोक्नु जरुरी रहेको बताएका थिए। उनले भनेका थिए, ‘युक्रेनसँग अझै सोभियत न्युक्लियर प्रविधि छ। रुसले यो खतराको सफलतापूर्वक जवाफ दिनेछ।’





Share:
Reaction :
ताजा समाचार
खेलकुद