Media Network

राष्ट्रसंघीय सुरक्षा परिषद बैठक: गाजामा सहायता बढाउने प्रस्ताव पारित


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा थप मानवीय सहायता पु¥याउनेसम्बन्धी एक प्रस्ताव पारित गरेको छ। तर, इजरायल र हमासबीच तत्काल युद्धविरामको आह्वान गरिएको छैन।

मस्यौदाको सुरूवाती संस्करणमा शत्रुताको दिगो अन्त्यका लागि आह्वान गरिएको थियो।इजरायलका एक मुख्य साझेदार र सुरक्षा परिषदको एक स्थायी सदस्य अमेरिकाको भीटो अर्थात विशेषाधिकार छल्न कैयौं दिनको वार्तापछि शुक्रबार यो मतदान भएको हो।

यो प्रस्ताव युएईले अघि सारेको थियो।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सहायता आपूर्तिका लागि खास समस्या इजरायलको जारी हमला भएको बताएका छन्।विश्व खाद्य कार्यक्रम डब्लुएफपीले गाजामा द्वन्द्व अन्त्य नभए त्यहाँ ६ महिनामा अनिकाल देखापर्ने भनिरहँदा पछिल्लो घटनाक्रम देखा परेको हो।

मतदानअघि परिषदको अर्को स्थायी सदस्य रूसले तत्काल युद्धविरामको आह्वान गरिएको सुरूवाती मस्यौदा बिउँताउने गरी एक संशोधन पेस गरेको थियो।उसले पछिल्लो मस्यौदाका शब्दावलीले गाजा स्ट्रिपलाई थप खाली गर्नका लागि इजरायललाई आउजाउको स्वतन्त्रता प्रदान गरेको जनाएको थियो।परिषदका अन्य १३ सदस्यहरूले उक्त मस्यौदालाई साथ दिए जसमा शत्रुताको दिगो अन्त्यका लागि सर्तहरू तय गर्ने सम्बन्धी आह्वानहरू गरेको छ।उक्त प्रस्तावले गाजास्ट्रिभभर विस्तारित मानवीय संघर्षविराम र मार्गहरूको लक्ष्य राखेको जनाएको छ।

अमेरिकाले सुरूमा यस प्रस्तावले इजरायलको कारबही प्रक्रियामा नियन्त्रण कमजोर बनाउने चिन्ता व्यक्त गरेको थियो।तर, यस प्रस्तावले त्यस कामसम्बद्ध सबै पक्षको परामर्शमा हुने स्पष्ट पारेको छ।अमेरिकी भिटो छल्नका लागि यस राष्ट्रसंघीय प्रस्तावमा भाषा नरम पारिदिएको थियो।

सुरक्षा परिषदको प्रस्तावमा भिटो अर्थात विशेषाधिकार प्रयोग गर्न सक्ने पाँच स्थायी सदस्यसहित कुल १५ सदस्य राष्ट्रहरूले मतदान गर्ने व्यवस्था छ।सुरक्षा परिषदको निर्णय कानुनी रूपमा बाध्यकारी मानिन्छ।तर, हमास गैरराज्यपक्ष भएकाले र ऊ राष्ट्रसंघको सदस्य नभएकाले परिषदले निर्णय गर्दैमा युद्धविराम भइहाल्छ भन्ने हुँदैन।

यसअघि बुधबार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमासलाई ध्वस्त नपारेसम्म लडाइँ नरोक्ने आफ्नो उद्देश्यलाई पुनः दोहो¥याएका थिए।प्यालेस्टिनी समूहहरूले थप बन्धक मुक्त हुने सम्भावनालाई इजरायलले गाजामा युद्ध अन्त्य नगर्दासम्मका लागि अस्वीकार गरेको हमासले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद