Media Network

श्रीलंकामा औषधि अभावले कयौंको भयावह मृत्यु हुन सक्ने चिकित्सकहरूको चेतावनी


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

कोलम्बो। श्रीलंकामा लोडसेडिङ र जीवन बचाउने औषधिको अभावले  ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । स्वास्थ्यकर्मी हरूले नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरू र हृदयघातको उपचार गर्ने औषधिहरूको देशव्यापी अभाव भएको भन्दै  यस्तो चेतावनी दिएका हुन् ।  

श्रीलंकाको ग्रामीण क्षेत्रमा लोडसेडिङले  स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ ।  स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

प्रयोगशाला परीक्षणमा कमी आएको छ । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा  सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् । 

‘श्रीलंकाको  सबै अस्पतालहरू नस्ट हुने अवस्थामा छन’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोले भने, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छन्  ।’ 

 बिरामीको औषधिकै अभावका कारण हुने मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद