Media Network

युक्रेनको आक्रमणबाट रुसी युद्धपोत क्षतिग्रस्त


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

एजेन्सी । युक्रेनको आक्रमणबाट एउटा रुसी युद्धपोतमा क्षति पुगेको छ ।ब्ल्याक सी को एउटा बन्दरगाहमा रहेको युद्धपोत युक्रेनी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ड्रोन बोकेको आशङ्कामा क्राइमियामा रहेको रुसी युद्धपोतमाथि आक्रमण गरेको युक्रेनले जनाएको छ । यसअघि सन् २०२२ को मार्चमा पनि युक्रेनले रुसको एउटा युद्धपोतमा आक्रमण गरी ध्वस्त बनाएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरी महिनादेखि युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ । केही हप्तायता रुसी सैनिकहरूले एक हजार दुई सय किलोमिटर लामो क्षेत्रहरूमा आक्रमण गरिरहेको जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद