Media Network

बायर्नले जित्यो जर्मन कपको उपाधि


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौं। बायर्न म्युनिखले शनिबार राति आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ। बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे । 

लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले  सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो । बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक सुपर कपको उपाधि जितेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद