Media Network

एन्फा कार्यसमितिको बैठक स्थगित


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

 काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितीको बैठक बिहीबार एजेन्डामा प्रवेश नगरी  स्थगित गरिएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा करिब दुइ घण्टा ढिला गरी  सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष  पंकजविक्रम नेम्वाङले उक्त बैठक स्थगित गरेको एक सदस्यले जानकारी दिए । 

असार ६ गते अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछिको पहिलो कार्यसमिति  बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषअध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरि नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए । 

यसअघि सोमबार अध्यक्ष नेम्वाङ अचानक बिरामी  परेको भन्दै बैठक स्थगित भएपछि उक्त बैठक आजलाई बोलाएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद