नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए ।
आजको खेलमा नेपाल जित निकाल्दै एक दिवसीय मान्यता जोगाउनसँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसरलाई सदुपयोग गर्न चाहन्छ । लिग–२ मा ३३ खेल खेलेको नेपाल ३४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । यूएई ३३ खेलबाट ३१ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।