Media Network

साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंकाको खेल बुधबार हुने


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौं । भारतमा आयोजना भएको साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल र श्रीलंका बुधबार (भोली) प्रतिस्पर्धा गर्दैछन्  । भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको सहज जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । 

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताए । हामी राम्रो तयारी गरेर भारत आएका छौं । हरेक खेलमा राम्रो गर्दै उपाधि जित्न चाहन्छौं,’ माल्दिभ्ससँगको खेलपछि केसीले भने । 

आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद