Media Network

यु-२० साफः उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ। यु-२० साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि आज (शुक्रबार) घरेलु टोली भारत र बंगलादेश भिड्दैछन् । 

यस खेल नेपाली समय अनुसार राति सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । 

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । 

बंगलादेशले यस अघि समूहमा भएको खेलमा भारतलाई २–१ अन्तरले पराजित गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद