कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पूरा गरेका हुन्। रोहितले ८३ बलमा ७ चौका हान्दै अर्धशतक पुरा गरे।
रोहितको यो आठौं अर्धशतक हो।
युएईविरुद्ध घरेलु टोली नेपाल रन बनाउन संर्घष गरिरहेको छ। नेपालले ३० ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय २१ रन बनाएर खेलिरहेको छ।
क्रिजमा रोहित ५५ र आरिफ शेख १६ रनमा नटआउट छन्।