Media Network

क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

जुम्ला । कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी क्रोनिक क्रोनिक लिभर डिजीजका बिरामी हुन् । उनको उपचार काठमाडौंको वीर वा टिचिङ अस्पतालमा हुनुपर्ने हो । तर, उनीसँग काठमाडौं पुगेर उपचार गर्ने त परको कुरा काठमाडौं जाने भाडा समेत छैन । शाहीले भने– मसँग काठमाडौं जाने भाडा समेत छैन । उपचारको कुरा परै जाहोस् ।

शाहीले आर्थिक अभावका कारण स्वाथ्य बिमा पनि नगरेको बताए । शाहीको अवस्था देखेर कलिकोट महाबै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले ३० हजार सहयोग गरेका छन् । कालिका मा।वि। राँचुली कालिकोटका प्रधानाध्यापक खगेन्द्र शाहीको पहलमा उपाध्यक्ष शाहीले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पुगेर व्यक्तिगत रुपमा सो रकम सहयोग गरेका हुन् ।प्रधानाध्यापक खगेन्द्र भने, ‘यस्तो समस्या भएको थाहा पाएपछि उनको उपचार गर्नका लागि केही राहत पुगोस् भन्ने हेतुले प्रयास गरिएको हो । बिरामीलाई त्रिवि शिक्षण अस्पताल काठमाडौंसम्म पुग्नको लागि उक्त रकम भाडास्वरुप काम लाग्छ ।’

उनको उपचार प्रतिष्ठानका मेडिसिन विज्ञ डा। धिरज गुरुङ र डा। राजेन्द्रमणि गिरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।उनको स्वास्थ्य बिमा भएको छ । प्रतिष्ठानले उनलाई १ फागुनमा रिफर गर्ने भएको छ । बिरामी शाहीले उपचारका लाग्ने खर्च आफूसँग नभएको र सहयोग गरिदिन अपील पनि गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद