Media Network

पाँच दलले गरे भोली नेपाल बन्दको घोषणा


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आन्दोलनरत दलहरूले भोली (बुधबार) नेपाल बन्दको घोषणा गरेका छन् ।सरकारले नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव वेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरूद्ध आन्दोलनरत विभिन्न ५ राजनीतिक दलहरूले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन ।

एमसीसीविरूद्ध कार्यगत एकता गर्र्दै संयुक्त संघर्ष गर्दै आएको सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चा भने संयुक्त आन्दोलनबाट बाहिरिएको छ ।एमसीसी विरूद्ध नेक्रविक्रम चन्द्ध नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकरी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजीत

बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देजमोले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कार्यक्रममा राष्ट्रिय जनमोर्चा सहभागी नभएको क्रान्तिकारी माओवादीका एक नेताले बताए ।फागुन १ गते मसाल र जनमोर्चासहतका ६ कम्यनिस्ट पार्टी र दुई मोर्चा सम्मिलित बैठकले फागुन ४ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र विरोधसभाहरू गर्ने भनी निर्णय गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद