Media Network

पनौतीको मकर मेलामा दर्शनार्थीको संख्यामा वृद्धि, आवागमनमा समस्या


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौं।   काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ ।  दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ । 

‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

पछिल्लो दिनमा सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद