Media Network

राजधानीमा बन्द असफल, ठाउँठाउबाट प्रदर्शनकारी समातिए


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौं । विभिन्न वामपन्थी दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । राजधानी काठमाडौंमा भने सवारी साधन गुडेका छन् ।सडकमा निजी र सार्वजनिक सवारीसाधन चलेका छन् । पसल, व्यापार–व्यवसाय निर्वाध रूपमा सञ्चालनमा छ ।

बन्दकर्ताको आंशकामा काठमाडौंका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन्। उनका अनुसार बुधबार बिहानदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको र विभिन्न स्थानबाट शंकास्पद दुई महिलासहित २६ जना पक्राउ परेका छन्।

यसैबीच प्रहरीले काठमाडौँको बागबजारबाट बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्तालाई पक्राउ गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद