Media Network

सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति भेटियो


खबरस्टोरी संवाददाता

२८ माघ २०७८,शुक्रबार

काठमाडौँ। ललितपुरको सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति आज फेला परेको छ । मूर्ति भेटिएसँगै स्थानीयवासीले खुसीयाली मनाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार आज बिहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेउमा उक्त मूर्ति फेला पारिएको हो । 

प्रहरी उपरीक्षक पोखरेलले भने, “चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिन्छ ।” उनका अनुसार बिहान पूजा गर्न जाँदा एक महिलाले मूर्ति देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । 

बिहान १० बजे उक्त मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले  हस्तान्तरण गरेको थियो । त्यसपछि स्थानीयवासीले मूर्ति फेला पारेको उपलक्ष्यमा बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनःस्थापनका लागि सुनाकाठी लगेका छन् ।

 यही माघ ८ गते उक्त मूर्ति हराएको थियो । पित्तलबाट बनेको उक्त मूर्ति दुई फिट अग्लो छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद