Media Network

थाहा पाउनुहोस् तपाईंको राशिफल


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

काठमाडौं । २९ माघ २०७८ शनिवार । तद्नुसार १२ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष एकादशी९भीमाएकादशी० नेपालको पवित्रधाम देवघाटको मकरस्नान समाप्ति भएको छ ।आजको दिनलाई महिनाको अन्तिम दिन भएको हुनाले मसान्त भन्ने चलन पनि रहेको छ ।  मृगशिरा नक्षत्र, विष्कुम्भ योग, विष्टी करण, चन्द्रमा मिथुन राशिका रहेको छ । आज विहान सूर्योदय ६ः४६ मा र सूर्यास्त १७ः५२ मा हुनेछ ।

आजको देवता यमराज र ग्रहदेव शनि रहेको छ । शनिवारको दिन भएकाले आज विहान पिपलको बृक्षमा जल अभिषेक गर्दा शनिग्रहको प्रभाव कम हुने गर्दछ । एकादशीको दिन सनातनी र नियमित एकादशीको व्रत लिने गरेको व्यक्तिले अन्न ग्रहण गदैनन् । आज विहान ९ः३२ देखि १०ः५५ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको समयमा कुनै पनि शुभ काम नगर्नु भन्ने शास्त्रीय मत रहेको छ ।

मेष  चु।चे।चो।ला।लि।लु।ले।लो।अ० स्  आज व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारका सदस्यबाट साथ सहयोग  पाउने संभावना रहेको छ । तपाईको कार्य योजना सफलताको लागि आफन्तजनको सहयोग बाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्व दिशा तर्फ यात्रा नगर्नु होला । 

वृष  इ।उ।ए।ओ।वा।वि।वु।वे।वो० स् वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा पुग्ने छ । तपाई सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्नेछ ।

मिथुन  क।कि।कु।घ।ङ।छ।के।को।ह० स्  परिवार र आफन्तजनहरुले तपाईमाथि स्नेह गर्नेछन् । चन्द्रमाको साथ रहेको छ, आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज एकादशी समेत भएकाले व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईको लागि मानसम्मान समेत मिल्नेछ ।  

कर्कट  हि।हू।हे।हो।डा।डि।डु।डे।डो० स्  पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । शनिवारको दिन कर्कट राशिमा जातकले गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।  

सिंह  मा।मि।मु।मे।मो।टा।टि।टु।टे० स्  आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । आजको दिन व्रत र मौन रहनु निकै लाभदायक हुनेछ ।  

कन्या  टो।प।पी।पू।ष।ण।ठ पे।पो० स्  मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद प्राप्त गर्नु उत्तम हुनेछ ।  

तुला रा।री।रु।रे।रो।ता।ती।तु।ते० स्  आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।  

वृश्चिक  तो।ना।नि।नु।ने।नो।या।यि।यु० स्  यात्राको अवसर आएपनि यात्रा गर्दा सोच विचार राख्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।   

धनु  ये।यो।भा।भी।भु।ध।फा।ढ।भे० स्  आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर  भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी० स्  आजको दिन अध्यात्म साधना र आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।      

कुम्भ  गु।गे।गो।सा।सी।सु।से।सो।द० स्  सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई  खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।   

मीन दी।दु।थ।झ।ञ।दे।दो।च।ची० स्  विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कार्यको कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यसूची बनाउनु उत्तम हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद