Media Network

दसैंकाे तेस्राे दिन चन्द्रघण्टाकाे पूजा गरिँदै


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७८,शनिबार

काठमाडौं । नेपालीहरुको महान चाड वडा दसैँको तेस्रो दिन शनिबार दुर्गा भवानीको पूजा आराधना गरिदैछ । घटस्थापनाको दिनदेखि ९ दिनसम्म मनाइने नवरात्री अन्तरगत तेस्रो दिन चन्द्रघण्टा माताको पूजा अर्चना गरिदैछ ।

चन्द्रघण्टा मातालाई खीर अथवा दूधबाट बनेको मिठाई भोग लगाउनाले असीम कृपा प्राप्त हुने धार्मिक विश्वाश छ । शनिबार नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । चन्द्रघण्टा मातालाई विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा लिइन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद